भीआईपीलाई सशस्त्रको लर्को, कसलाई कति जना सुरक्षा ?


००:१६ बजे

काठमाडौँ, २१ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरुका नाममा राज्यकोषबाट भइरहेको खर्चबारे चासो बढेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन ।

भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन् । भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ । यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ ।

राज्यले अन्य भीभीआईपीलाई उपलब्ध गराएको यस्ता सुरक्षा विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले भीभीआईपीका नाममा सुरक्षाकर्मी नखटाउन माग गरेका छन्।

पूर्वविशिष्टका नाममा सशस्त्रका तीन सय हाराहारीमा सुरक्षाकर्मी खटिएका छन्। ती सुरक्षाकर्मीले २८ वटा सवारीसाधन प्रयोग गरिरहेका छन्। सशस्त्र प्रहरी बलले भीभीआईपी सुरक्षामा खटिँदा अन्य काममा असर पर्ने र गाडी अभाव भएको गुनासो गृह मन्त्रालयसमक्ष गर्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७