युएईबाटमा यसरी हुँदै छ, अस्टमीको मृत्यु सम्बन्धी छानबिन (भिडियोसहित)


०६:३४ बजे

युएई: बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू गरेकाे छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो ।

युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि उनले आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी थिइन् । आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम बचन रेकर्ड गरेकी थिइन् ।

यस बिषयमा राजदूतावास आबुधावीमा सम्पर्क गर्दा गुरुङले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट उपलब्ध भएको जानकारी दिएको छ । साथै, उक्त भिडियो सार्बजनिक भए लगतै घटनाको छानबिन अगाडी बढाएको राजदुतावास आबुधावीले जनाएको छ । दुतावासको द्वितिय सचिब बिष्णु कुमारी अधिकारीको नेतृत्वमा स्थानिय प्रशासनमा छानबिनको लागि मुद्दासमेत दर्ता गराएको छ ।

बैैदेशिक रोजगारीको शिलशिलामा दुबईको आबुधावीमा रहस्यमय मृत्यु भएकी गोरखा आरुघाट २ मान्वुकी अष्टमी गुरुङ बिषयमा न्युज २४ टेलिभिजन आबुधावीमै पुगेर विस्तृत रिर्पोटीङ गरेको छ । कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने सहितको टिमले आबुधावीमा अष्टमीले काम गर्ने कम्पनीमै पुगेको छ । साथै युएई स्थीत नेपाली दुतावास र एनआरएन युएईका पदाधिकारीको पहलमा युएई प्रहरीले गरेको अनुशन्धानको बारेमा छलफल गरेको छ । न्युज२४ टेलिभिजनको टिमले युएईमा भिजिट भिषामा पुगेर अलपत्र परेका नेपाली,घरेलु कामदारका रुपमा युएई पुगेका नेपाली महिलाहरुलाई भेटेको छ । उनीहरुको समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारको ध्यानआकषर्ण गराएको छ ।

https://www.youtube.com/watch?v=4Ni1DM0Y8tY&feature=youtu.be

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७