२९ वर्षका दलित युवाले बनाए नेपालकै कान्छो सीडीओको रेकर्ड

काठमाडौं, १७ फागुन । जाजरकोटका २९ वर्षीय युवा सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सुनार सम्भवतः नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् ।

दलित समुदायको प्रतिनिधित्व गर्ने सुनारलाई गएको साता मात्र सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । उपसचिव भए लगत्तै उनी बाँकेको सहायक प्रजिअ भएका थिए ।