संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

सभामुखको भूमिकाप्रति प्रतिपक्षी दलहरु असन्तुष्ट


२०८३ जेठ १० आइतबार १७:२४ बजे

काठमाडौं :  विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग गर्दै प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएका छन्।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको बैठकले विरोध जारी राख्ने निर्णय गरेको हो।

आइतबार सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसद्‌मा प्रतिवाद जारी राख्ने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरूले सदनमा विरोध गर्दै आएका छन्। बैठकमा विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढ्न खोजिएको र सभामुखले समेत दलीय भूमिका निर्वाह गरेको भन्दै गम्भीर छलफल भएको थियो।

बैठकपछि निर्णयबारे जानकारी दिँदै एमाले नेता ऐन महरले संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसद्मा विपक्षीहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने साझा निष्कर्ष बनेको बताए।

सिंहदरबारमा भएको उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीको सहभागिता रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७