विपिन जोशीको शव आज नेपाल ल्याइँदै, नेपाली सेनाले घरसम्म पुर्‍याउने

प्रधानमन्त्रीले श्रद्धाञ्जली अर्पण गर्ने


२०८२ कार्तिक ३ सोमबार ०७:५० बजे

काठमाडौं : इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ ।

उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

विपिनको शव नेपाली सेनाले कञ्चनपुरस्थित उनको घरसम्म पुर्‍याउने छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार मंगलबार उनको अन्त्येष्टि गरिनेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको छ ।

शव नेपाल पठाउनुअघि विपिन जोशीलाई आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली दिइएको थियो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७