भिजिट भिसा समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच विमति छैन : शक्ति बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताएका छन् ।
आज (सोमबार) सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन्।उनले भिजिट भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसद्को गतिरोध अन्त्य हुन नसकेको बताए।
उनले भिजिट भिसा प्रकरणको बारेमा मंगलबार घनिभूत रूपमा छलफल गर्ने र बुधबारदेखि संसद् खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भएको समेत बताए । बुधबारदेखि संसद्को गतिरोध अन्त्य हुने उनको विश्वास छ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।