रोल्पामा चट्याङ लागेर किशोरीको मृत्यु, विद्यालयको छानो उडायो


२०८१ चैत २८ बिहीबार १०:५३ बजे

रोल्पा । चट्याङ पर्दा रोल्पामा एक किशोरीको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन्। सुनिल स्मृति गाउँपालिका– ५ काप्जिङमा चट्याङ पर्दा १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहले जानकारी दिए ।

रोल्पा नगरपालिका – १० कुटिवाङमा पनि घर रहेकी धनमाया आफन्तको साथमा गोठ गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो । त्यस्तै चट्याङबाट सुनिलस्मृति – ५ कै १५ वर्षीय नवीन खत्री घाइते भएका छन् । मध्यम अवस्थाको उनको स्वास्थ्य चौकी कालीगाउँ रोल्पामा उपचार जारी छ । चट्याङ पर्दा स्थानीय टीकाबहादुर घर्तीका १३ वर्षीया छोरी लिला घर्ती पनि घाइते भएकी छन् । उनको स्वास्थ्य सुधार हुँदै गएको प्रहरीले बताएको छ । चट्याङबाट घर्तीका घरका दुई वटा बाख्रा पनि मरेका छन् ।

त्यो क्षेत्रमा गए राति ठूलो हावाहुरीसहित पानी परेको थियो । हावाहुरीले रुन्टीगढी गाउँपालिका वडा नं. ५ हापखोलाको बालकल्याण प्राबिको जस्ता पाताको छाना उडाइदिएको छ । छानो उडाएर पाँच मिटर टाढा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ। छानो उडाएपछि विद्यालयका सबै कागजजात पानीले भिजेर काम नलाग्ने भएका छन्। जिल्लाको सुनछहरी गाउँपालिका – ३ कुलबहादुर बुढाको घरमा चट्याङबाट क्षति पुगेको छ । ढुँगामाटो र जस्ता पाताको छानो भएको घरमा चट्याङ पर्दा गाह्रो चर्किएको छ । सोलार प्यानल, ब्याट्री तथा साउन्ड बक्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७