प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई 


२०८१ चैत २८ बिहीबार १०:५७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न सबै मन्त्री र सचिवलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार हुनेछ । 

बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७