पीएम कपमा पुलिस क्लबको लगातार चौंथो जित


२०८१ चैत २ शनिबार २१:४५ बजे

काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौंथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल आउट हुँदै ९५ रन बनाएको थियो ।

मधेशका लागि दिपेश दासले सर्बाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । 

त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने बिशाल पटेलले ३ विकेट लिएका थिए । यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ । त्यस्तै मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७