केवलकार निर्माण विवाद : ताप्लेजुङमा फेरि झडप 


२०८१ फाल्गुण १० शनिबार ०८:४४ बजे

ताप्लेजुङ । ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारको विषयलाई लिएर ताप्लेजुङमा फेरि झडप भएको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको हो ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएको बताइएको छ । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरु समेत सहभागी छन् ।

काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्‍याएका छन् । पछिल्लो समय केवलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा झडपका घटना भइरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७