राधिकाको ‘डिमाण्ड’ अहिले किताब पढेर थाहा पाएँ : प्रधानमन्त्री ओली


२०८१ फाल्गुण १० शनिबार ०१:२३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यको ‘डिमाण्ड’ अहिले उनले लेखेको किताब पढेपछि मात्र थाहा पाएको बताएका छन् । शाक्यको आत्मकथा कृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीमती शाक्यलाई रोचक तरिकाले जवाफ दिएका छन् । उनले भने, ‘मप्रति उनको पनि केही डिमाण्डहरु रहेछन्, अहिलेसम्म मैले थाहा पाएको थिएन, किताब पढ्दा थाहा पाएँ । केही इच्छाहरु रहेछन्, अब जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु, सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दोरहेछ, भन्दिए हुन्थ्यो भन्ने मलाई पथ्र्यो ।’

उनले भने, ‘म सम्झिन नसक्ने उनले नसम्झाउने । अब ३७ वटा जन्मदिन विवाद उत्सव यसैगरी बिते, उनले मेरो जन्मदिन चाहिँ सधै भव्यताको साथ मनाउने ५० औं जन्मदिनबाट, म जहिलेबाट गम्भिर बिरामी हुन थाले त्यसबाट हरेक जन्मदिन, बुढाबुढीले भन्छन् नि अर्को वर्षे के होला होला । त्यसैले उनले पनि अर्को जन्मदिन के हो ? के हो ? यो जन्मदिन चाहिँ धुमधामै मनाउनु पर्छ भन्ने लागेको होला तैपनि मलाई भनेको छैन ।’ 

प्रधानमन्त्री ओलीले आफू विगतमा घरज्वाइँ बसेको समेत बताएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन् । उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको बताए ।

‘त्यतिबेला एउटी श्रीमती पाल्ने अवस्था पनि थिएन । धाक लाउने ठाउँ थिएन । म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन । मैले सही कुरा खुलस्त भन्ने गर्छु । त्यतिबेला पनि त्यसैगरी भनेको हुँ।’ ओलीले भने । गृहमन्त्री भएपछि बसिराखेको कोठा छाडेको र मन्त्री पदबाट हटेपछि काठमाडौंमा डेरा पाउन नसकेको उनले सुनाए। त्यसपछि घरज्वाइँ बसेको उनले स्मरण गरे ।

‘गृहमन्त्री भइयो । बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो । हट्न पर्‍यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन । सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन भिनाजु दुई चार दिन हाम्रैमा बसौं अनि विस्तारै कोठा खोजौँला भनेपछि म गएँ ।’ ओलीले भने, ‘साथीभाइले सोध्न थाले कहाँ बस्नुभएको छ? भनेर, कतिलाई भन्ने? अनि मैले भने घरज्वाइँ बसेको छु । त्यसपछि मान्छेले सोध्नै छोडे। कतिपय मान्छेलाई घरज्वाइँ बसेको भन्दा हीनताबोध हुन्छ नि मलाई त भएन । मैले पहिल्यै पाल्न सक्छु भनेको भए पो हीनताबोध हुनु !’ उनले आफू गाईभैंसी चराएर, गोरु जोतेर खेत खन जोत गरेर आएको स्मरण पनि गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७