चाबहिलमा युवकको हत्या


२०८१ माघ २८ सोमबार १०:०९ बजे

काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट एक युवकको हत्या भएको प्रहरीले बताएको छ । ती युवकको छातीमा चोट लागेको प्रहरी स्रोतले जानकारी दियो । मृतक काभ्रे घर भएका २२ वर्षीय अमृत कार्की छन् ।

छुरा प्रहारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । । तर पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७