प्रचण्ड र माधवको बाक्लियो भेटघाट, आज राजेन्द्र श्रेष्ठ पनि सहभागी


२०८१ पौष २६ शुक्रबार २१:०७ बजे
फाइल फोटो

काठमाडौं । पछिल्ला दिन प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको उठबस बाक्लिएको छ । पछिल्लो समय पूर्व प्रधानमन्त्री समेत रहेका दुई पार्टीका अध्यक्षहरुबीच दिनहुँजसो भेटघाट र बातचित हुन थालेको हो । 

हिजो (बिहीबार) पनि दुई दुई अध्यक्षले लामै भेटवार्ता गरेका थिए । आज दिउँसो ३ बजे माओवादी संसदीय दलको कार्यालयमा फेरि भेटवार्तामा जुटेका छन् ।  सिंहदरबारमा उनीहरूबीच केहीबेर अघिदेखि भेटवार्ता जारी छ । बिहीबारको भेटमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल पनि सहभागी थिए ।

सो भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेण्डाहरूका विषयमा छलफल भएको थियो । आजको भेटवार्तामा भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अघि बढाउन लागेपछि दुई नेताबीच भेटवार्ता बाक्लिएको हो ।

ओलीको निशानामा माधव परेका छन् भने माधवलाई प्रचण्डले सहयोग गर्ने बचन दिएका छन् । संविधान संशोधनको सवालमा समाजवादी मोर्चालाई सक्रिय बनाउन प्रचण्ड जुटेका छन् । तर उनको उपेन्द्र यादवसँग सम्बन्ध राम्रो छैन । उपेन्द्र फकाउने जिम्मा प्रचण्डले माधवलाई दिएको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले आजै साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसअघि नै दुई नेता संवादमा जुटेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७