लिला पछाई ३७ लाख धरौटी बुझाएर रिहा


२०८१ पौष २६ शुक्रबार २१:०२ बजे

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएर छुटेकी छन् ।  शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रविसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए । तर पछाईंले धरौटी नतिरेपछि उनलाई कारागारमा पठाइएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७