जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।काठमाडौँको नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका–६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुषा तामाङको आज दिउँसो मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।