देउवालाई माधव नेपालको प्रश्न : डडेल्धुरामा विमानस्थल कमिसनका लागि हो ?


००:२० बजे
फाइल फोटो

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री  शेरबहादुर देउवामाथि कमिसन खान डडेल्धुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भने, ‘शेरबहादुरजीले ए मेरो जिल्लामा पो आँखा गाड्नु भयो भन्नु होला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनु पर्ने किन ?’ 

बैतडी र डोटीका एयरपोर्ट चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा विमानस्थल बनाउन खोज्नुको औचित्य नहुने जनाउँदै अध्यक्ष नेपालले ठेक्कामा कमिसन खाने खेल हुनसक्ने आशंका गरेका छन् । मेरो जिल्लामा पनि विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उपलब्धि नहुने उनको दावी छ । विमानस्थलहरु चल्न नसकेको जिम्मेवारी निर्णय गर्नेहरुले लिनुपर्ने समेत उनले स्पष्ट पारे ।  

यस्तो छ अध्यक्ष नेपालको भनाई 
एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल विशाल बिल्डिङहरु बनाउँछौँ। यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि। यो अर्बौं अर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमँ पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरु हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ?

आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ । 

अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नु भयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७