नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२०८१ पौष १४ आइतबार १५:३८ बजे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  अखितयारले मेयर बस्नेतमाथि  नौं करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै आज (आइतबार) मुद्दा दायर गरेको हो ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर भएको हो । अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो ।राजुप्रसादका पद्म कोलोनी प्राली र पद्म मर्चेन्ट प्रालिका सञ्चालक हुन् । दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७