बारामा प्रहरी सहयोगीको हत्या आरोपमा गुप्तचर अधिकृतसहित तीन जना पक्राउ


२०८१ पौष १४ आइतबार १५:५४ बजे

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का राजकुमार रूम्बाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलियादेखि रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटना लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताएका छन् ।

उनी राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दी भइ विमानस्थल कार्यालय, सिमरा बारामा कार्यरत रहेको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । हत्यामा संलग्नता रहेको आधारहरु फेला परेपछि प्रहरीले तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरेको छ । शव भेटिएको गाडी समेत राअविका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।

प्रहरीले दासको वर्कसपबाट मृतकले घाँटीमा लगाएको सुनको सिक्री बरामद भएको बताएको छ भने रुम्बाको पर्स समेत उनको झोलाभित्र भेटिएको भनिएको छ । प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । उनीहरू उपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७