कांग्रेस–एमाले मात्रै मिलेर संविधान संशोधन गर्दा गलत बाटोमा पुगिन्छ : कोइराला


२०८१ पौष १४ आइतबार ०९:१८ बजे
फाइल फोटो

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हाल सम्मान बन्न सकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन् ।

मधेश प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए । त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी ऐन, प्रहरी एन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।

सिडिओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे । नेता कोइरालाले संविधान संशोधनको एजेण्डामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् ।

नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे । ‘माओवादी, मधेशका दलहरू, रास्वपा अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७