सडकमाथिबाट खसेको ढुङ्गाले लागेर स्वास्थ्य स्वयमसेविकाको मृत्यु


२०८१ पौष १४ आइतबार ०९:०६ बजे

बझाङ । बझाङमा सडकमाथिबाट खसेको ढुङ्गाले लागेर हिंडिरहेकी एक स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ ।बझाङको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीका अनुसार शनिबार दिउँसोको घटना हो । वर्षाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ । मृतक मालुमेलाबाट दिउँसो  आफ्नो घर आमवगर जादै गरेकी थिइन् । घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५÷७ मिनेटको पैदल दूरीमा पर्छ ।   
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७