सांसद सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न जनमतलाई सभामुखको चुनौती


१४:१८ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद सांसद गोमा लाभ (सापकोटा) आफ्नो नातेदार भएको पुष्टि जनमतलाई चुनौती दिएका छन् । जनमतका प्रवक्ताले सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई कारबाही नगरेको भन्दै लगाएको आरोपको सभामुखको सचिवालयले खण्डन गरेको हो ।

जनमतले विज्ञप्ति जारी गर्दै सभामुख घिमिरे र सांसद सापकोटा नातेदार पर्ने भन्दै आरोप लगाएको थियो । सभामुख घिमिरेसँग सापकोटाको नाता पर्छ भन्ने आरोपको पुष्टि गर्न सभामुख घिमिरेले चुनौती दिएको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सभामुख घिमिरेले नेपालको संविधान, प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २९७३ को प्रावधानबमोजिम नै निर्णय गरेको उल्लेख गर्दै जनमतको आरोपबारे गम्भीर ध्यानाकर्षण भएको सभामुखका प्रेस सल्लाहकार शेखर कोइरालाद्वारा विज्ञप्तिमा जनाइएको छ ।

जनमतले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको सचिवालयले बताएको छ । ‘जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु’, सभामुखको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७