पाकिस्तानलाई ५–२ गोलले हराउँदै भारतको विजयी शुरुवात


२०८१ कार्तिक १ बिहीबार ०९:१२ बजे

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा पाकिस्तानलाई हराउँदै भारतले विजयी शुरुवात गरेको छ ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको हो । खेलमा भारतले चाै‌थो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो । १६ मिनेटमा मनीषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन् ।

४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४–० गोलले अघि रह्यो । पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोशिस गर्‍यो । पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए ।

तर त्यसपछि पाकिस्तानमाथि भारत हाबी भयो । भारतका लागि ७७ मिनेटमा ज्योतिले पाँचौँ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७