बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


२०८१ कार्तिक १ बिहीबार ०९:१२ बजे
फाइल फोटो

ढाका । बंगलादेशको एक अदालतले बिहीबार निर्वाशित पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थीहरुको नेतृत्वमा भएको क्रान्ति उत्कर्षमा पुगेपछि हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् ।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । ती व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन । ‘अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ’, बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य सरकारी वकिल इस्लामले पत्रकारहरूसँग भने ।

शेख हसिनाको १५ वर्षे शासनकालमा व्यापक मानवअधिकार उल्लंघनहरू भएका थिए । जसमा उनका राजनीतिक विरोधीहरूको सामूहिक गिरफ्तारी र गैर–न्यायिक हत्या समावेश थियो । इस्लामले भने, ‘शेख हसिना जुलाईदेखि अगस्टसम्म भएका जनसंहार, हत्या र मानवताविरुद्धका अपराधका मुख्य जिम्मेवार हुन् ।’

हसिनाको शासन पतन भएपछि उनका धेरै सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई विरोधका क्रममा ७०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । यी सबैमा उनलाई दोषी ठहर गरिएको छ । हसिनाका पूर्वमन्त्रीहरू र अवामी लिगका वरिष्ठ सदस्यहरू पनि पक्राउ परेका छन् । उनको सरकारले नियुक्त गरेका व्यक्तिहरूलाई अदालत र केन्द्रीय बैंकबाट हटाइएको छ । शेख हसिना भने बंगलादेशबाट हेलिकप्टरमा भागेपछि सार्वजनिक रूपमा देखिएकी छैनन् । एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७