नेपाल एयरलाइन्सद्वारा जुम्लामा नियमित उडान शुरु


१६:५४ बजे

जुम्ला, १९ कात्तिक । नेपाल एयरलाइन्सले जुम्लामा नियमित उडान शुरु गरेको छ । एक महिनाभन्दा बढी समयदेखि रोकिएको उडान एयरलाइन्सले बिहीबारदेखि तालिका बनाएर पुनः नियमित गरेको हो ।

अब जुम्लामा सातामा दुई वटा उडान गर्ने नेपाल एयरलाइन्सले जनाएको छ । जुम्लामा सरकारी जहाज नआउदा र निजी जहाजकै भर पर्नुपर्दा यात्रुलाई निकै सकस भएको थियो ।

एक हप्ता अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सहजीकरणमा जुम्लामा सरोकारवाला निकायबीच भएको छलफलमा हवाई उडानलाई व्यवस्थित र नियमित गर्ने सहमति भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७