तोडियो लकडाउन, बौद्ध जोरपाटीका पसल खुला


२३:२६ बजे

काठमाडौं, २२ जेठ । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् ।

आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुस्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् । कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताए ।

‘हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौं तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो’, उनले भने ।

जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्छन्, ‘भोकै पर्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौं । सामाजिक दूरी कायम गरेका छौं । बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिनदिनै ऋणको भार थपिँदै गएको तथा परिवार समेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ । अहिले सो क्षेत्रमा कपडा, जुत्ता चप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७