सर्वोच्च अदालत परिसरमा बम भएको हल्लापछि सबै इजलास बन्द


५ मंसिर २०७४, मंगलवार
superment court सर्वोच्च अदालत

काठमाडौं: सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला चलेपछि सबै इजलास स्थगित भएको छ ।
बम राखेको हल्ला फैलिएसँगै अदातल परिसरमा बम भेटिएको हल्ला फैलिएसँगै अदालतको इजलास बन्द भएको हो ।
अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।

superment court सर्वोच्च अदालत
बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्वोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ ।
सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ । अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७