माओवादी केन्द्रका पोलिटव्युरो सदस्यसहित ४ नेता काँग्रेस प्रवेश
काठमाडौं: नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्यसहित ४ जना केन्दिय नेता काँग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावी सभामा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवम् प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की, डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरू जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेसमा पार्टी प्रवेश गरेका माओवादी नेताहरूले माओवादीले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रूपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रूपमा रहेको काँग्रेसमा प्रवेश गरेको बताए ।
उनीहरूलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर काँग्रेसमा स्वागत गरेका थिए ।