यसरी विदा भए होचा कलाकार दिपेन शाह (फोटो फिचर)
काठमाडौँ: नेपालकै होचा कलाकार दिपेन शाहको अन्तयेष्टि गरिएको छ। बिहिबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएका शाहको दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि चावहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो। जहाँ विभिन्न कलाकार तथा आफन्तजन र एमाले नेता डा।राजन भट्टराईले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।