कम्युनिष्ट शासन ल्याउने सपना साकार हुँदैन: नेता खाँण


२८ कार्तिक २०७४, मंगलवार
BKD in Butwal

बुटबल,रुपन्देही: नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताएको छ ।BKD in Butwal

उनले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको पनि बताए । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति अन्तरगत प्रदेश नं। ५ को मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै यस्तो विचार व्यक्त गरेको हो ।
बामपन्थि गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउने सपना देखे पनि त्यो साकार नहुने दावी गर्दै नेता खाँडले भने,“ प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन । हिंसाको अन्त्य गर्न माओवादीसँग एकता गरेको हो तर सुर्धान सकिएन”, नेता खाँणले भने ।
व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टिले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला, प्रश्न गर्दै कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिने उनको तर्क थियो । त्यस्तै मिडिया सेन्टरको उद्घाटन कार्यक्रममा स्वस्थ्य मन्त्रि एवम् रुपन्देही क्षेत्र नं. ३ का उम्मेमद्वार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले बामपन्थी गठबन्धनले असली रुप देखाउन थालेकोले आफुहरु लोकतान्त्रिक गठबन्धनमा लागेको बताउँदै भने, “बामपन्थीहरु झुटको खेति गर्न सिपाल रहेछन् ।”

प्रजातन्त्र र लोकतन्त्रको लागि यो गठबन्धन सफल भएरै छाड्ने बताउँदै नेता बोहराले भने,“ ५ नम्बर प्रदेशको राजधानी रुपन्देही मै बनाएर छाड्छौँ ।” एमालेका कार्यकर्ताले एयरपोर्टको निमार्ण बिथोले पनि त्यसलाई पुरा गर्ने आफुहरु लागिपर्ने बताउँदै आफु पटक पटक सरकारमा पुग्दा सुकुम्बासीहरुलाई रुपन्देहीका विभिन्न ठाँउमा राखेको र अब सरकारमा पुगे समस्या समाधान भएरै छाड्ने समेत बताए ।

प्रदेश नम्बर ५ का प्रचार संयोजक विश्वेश्वरप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पार्टी सभापति एवम् क्षेत्र नं. १ का उम्मेद्वार अब्दुल रज्जाकले बामपन्थिको नाममा कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता माथि प्रहार गर्ने भएकाले नेपाली जनतालाई झस्काएको बताउँदै लोकतन्त्रबादी शक्ति एकजुट भएर अगाडि बढ्न जरुरी भएको बताए ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेद्वार भरत शाहले प्रजातन्त्रको स्थापना पछि आर्थिक उदारिकरणले आर्थिक र पूर्वाधार विकासमा ठूलो परिवर्तन आएको बताए । उनले काँग्रेस को सरकार बनेमा समग्र लुम्बिनीमा कृषि, पर्यटन, उद्योग क्षेत्रको विकास हुने दावी गरे ।कार्यक्रममा रुपन्देही क्षेत्र नंं २ का उम्मेद्वार युवराज गिरी, काजीमान श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, डेस्क संयोजक रामराज पोख्रेल लगायतले आफ्ना विचार राख्नु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७