इरानको भूकम्पबाट मृत्यु हुनेको २०७ जना


२७ कार्तिक २०७४, सोमबार
Iran Iraq Earthquake 3
In this photo provided by the Iranian Students News Agency, ISNA, destroyed buildings and a car are seen after an earthquake at the city of Sarpol-e-Zahab in western Iran, Monday, Nov. 13, 2017. A powerful earthquake shook the Iran-Iraq border late Sunday, killing more than one hundred people and injuring some 800 in the mountainous region of Iran alone, state media there said. (Pouria Pakizeh/ISNA via AP)

तेहरान: इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको समाचार छ ।

Iran Iraq Earthquake 3

उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि २०७ जनाको शव भेटिएको छ ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७