वाम गठबन्धको घोषणापत्रले विकासको लहर ल्याएको छ: अध्यक्ष ओली


२१ कार्तिक २०७४, मंगलवार
kepi oli

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र चुनावी मात्र नभएर देशको विकास गर्ने स्पष्ट खाका रहेको बताएका छन् ।kepi oli

वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रचारमा आयोजना गरेको कार्यक्रम मंगलबार अध्यक्ष ओलीले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, विकास र समग्र देशको समृद्धिको खाका तयार गरिएको बताए ।

अध्यक्ष ओलीले वाम घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनु नपर्ने योजना रहेको उल्लेख गरे ।एमाले महासचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने दाबी गरे ।

उनले एमाले र माओबादीबीच छिट्टै नै पार्टी एकीकरण हुने र सोहीअनुसार नै ठूलो उद्देश्य लिएर निर्वाचनमा होमिएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा उम्मेदवार तथा नेकपा ९एमाले० महासचिव तथा ईश्वर पोखरेल, प्रदेशसभा (क) मा नारायणनबहादुर सिलवाल, प्रदेशसभा ९ख० मा दीपक निरौला उम्मेदवार रहेको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेस परित्याग गरी टोखास्थिल सत्य साई टोल सुधार समितिका उपाध्यक्ष महेन्द्र केसीसहित एक दर्जन युवा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७