लोकतन्त्र र गणतन्त्रको झन्डा कम्युनिष्टहरुले उठाएको हो : योगेश भट्टराई


१९ कार्तिक २०७४, आईतवार
Yogesh Bhattarai 1

ताप्लेजुङ : नेकपा (एमाले)का सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदका लागि वामगठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले लोकतन्त्र र गणतन्त्रको झन्डा कम्युनिष्टहरुले उठाएको बताएका छन् । कम्युनष्टिहरुको संघर्ष र आन्दोलनको जगमा नेपालमा गणतन्त्र र लोकतन्त्र आएको उनको भनाई छ । उनले अब वामपन्थीहरुकै नेतृत्वमा मुलुकको समृद्धिको यात्रा सुरु हुने पनि बताए ।

Yogesh Bhattarai 1

ताप्लेजुङ सदरमुकामको तक्मेबजारमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले अब एमाले र माओवादी केन्द्रले आगमी ५० बर्ष मुलुक चलाउने दाबी गरे । तर, वाम गठबन्धनले कसैलाई पनि निशेष नगर्ने बताए । उनले भने, ‘अबको कांग्रेसको भाग भनेको प्रतिपक्षमा बस्ने हो । हामी ५० बर्ष मुलुकलाई चलाउछौं । तर, कसैलाई निषेध गर्दैनौं ।’

सचिव भट्टराईले निर्वाचनमा वामपन्थीहरुको २ तिहाई मत आउने दाबी गरे । दुई तिहाई सहितको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने समेत बताए । सचिव भट्टराईले ताप्लेजुङ सबै हिसाबले सुन्दर र धनी भएको भन्दै स्वर्गको टुक्राको रुपमा समृद्ध बनाउने बताए । ताप्लेजुङलाई देशकै समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सचिव भट्टराईले आफ्नो गृह जिल्लामा स्वागत गर्दै अध्यक्ष ओलीसँग जोडिएका संस्मरण सुनाए । १८ बर्षको कलिलो उमेरमा जेल जादा अध्यक्ष ओलीलाई भेटेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीबाट जेलमा समेत अभिभावकको माया र संरक्षकत्व पाएको बताए । उनले भने, ‘पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४० सालमा म १७ बर्षको थिएँ होला। प्रहरीले मलाई पक्राउ गरयो । जेलमा पुरयायो । म एकदमै आतंकित थिएँ । मेरा खुट्टा डरले कामिरहेका थिए । मुटु कामिरहेको थियो । निक्कै डराँएको थिए । एकमहिना सम्म कष्टडिमा राखेर प्रहरीले निर्मम यातना दियो । शरीर भरि डामैडाम थियो । वेलुका ननिनेका ब्यक्तिले तालो तेल तताएर डडाल्नुमा हल्का मालिस गरिदिनुभयो । मेरो वुवा म दुई बर्षकै हुदाँ वित्नुभएको थिएँ । मैले वुवाको माया महशुष गर्न पाएको थिइन । मलाई तातोतेलले मालिस गरिदिएको त्यो साँझ मलाई लाग्यो वुवा भनेका यस्तै हुन्छन होला । अविभावक भनेको यस्तै हुन्छन होला । म भावविहल वनेर रोएँ । त्यो तातो तेलले मालिस गर्ने ब्यक्ति अरु कोही नभएर क केपी शर्मा ओली हुनुहुन्थ्यो ।आगामी पुष महिनामा वामपन्थिहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।’

ताप्लेजुङ सदरमुकामको तक्मेबजारमा आयोजित सभा अहिले जारी छ । केही बेरमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७