सर्वोच्चले हत्यारा ठहर गरेको माओवादी नेता ढुंगेल पक्राउ


१४ कार्तिक २०७४, मंगलवार
balkrishna dhungel बालकृष्ण ढुझगेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीका केन्दीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । लामो समय देखि प्रहरीको निगरानी रहेको ढुङ्गेल पक्राउ परेको हो ।

balkrishna dhungel बालकृष्ण ढुझगेल
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले अदालतको फैसला कार्यान्वयन इकाईमा लगिएको स्रोतले बताएको छ । सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वोच्च अदालतले नै पटक पटक ताकेता गरेको थियो ।
पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।
यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।
अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७