काँग्रेस र राप्रपाको गठबन्दन टुट्यो : महामन्त्री लिङदेन


१३ कार्तिक २०७४, सोमबार
rajendra lingsen 12

काठमाडौं : राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले राप्रपा-काँग्रेसबीचको गठबन्दन टुटेको घोषणा गरेका छन् । नेपाली काँग्रेससँग सत्ता साझेदार गरिरहेको राप्रपा प्रतिनिधिसभार र प्रदेशसभाको निर्वाचनमा काँग्रेसँग देशभर गबन्दन गरेर चुनावमा जाने निर्णय गरेको थियो । तर, झापा ३ बाट काँग्रेसले कृष्णप्रसाद सिटौँला र राप्रपाबाट राजेन्द्र लिङदेनले उम्मेदवारी दिने निर्णय गरेपछि झापामा २ दल बिच गठबन्दन टुटेको हो ।

rajendra lingsen 12
राप्रपा महामन्त्री लिङदेनले काँग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले काँग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन ।
लोकतान्त्रिक गठबन्धनको एक प्रमुख घटक राप्रपाले झापा ३ सहित प्रतिनिधिसभामा ७ सिट पाउने सहमति भएको थियो, जुन सहमति अनुसार अध्यक्ष कमल थापा मकवानपुर १, महामन्त्री लिङ्देन झापा ३, राजीव पराजुली पर्सा २ र कुन्तीकुमारी शाही दैलेख १ बाट उम्मेदवार बन्ने निर्णय राप्रपाले गरिसकेको छ ।
यसअघि काँग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।
झापा क्षेत्र नम्बर ३ अन्तरगत बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिका पर्छन् । त्यसै गरी भद्रपुर नगरपालिकाका वडा नम्बर १ देखा ८ सम्म यस क्षेत्रमा समेटिएका छन् । बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पनि यही निर्वाचन क्षेत्रमा पर्छ ।
यीमध्ये स्थानीय चुनावमा हल्दीबारी र कचनकवल गाउँपालिका राप्रपाले जिनतेको थियो । बाह्रदशी गाउँपालिका काँग्रेसले जितेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७