समाजवादी फोरम र लोकतान्त्रिकका थापा समुहबीच चुनावी तालमेल


८ कार्तिक २०७४, बुधबार
upendra yadav and shiblal thapa

काठमाडौं : नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनावी तालमेलको सहमति भएको छ । थापा समुह समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’ लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।

upendra yadav and shiblal thapa

लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार केही नेता लिएर नेपाली कांग्रेस फर्किए पनि थापा समूह एकतामा गएको थिएन । थापा समूहमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल नागरिक पार्टीलगायतका नेताहरु छन् । ती दलका नेताहरु गत चैतमा लोकतान्त्रिक फोरममा सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । पहिलो चरणको निर्वाचनका लागि आइतबार नै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ भने दोस्रो चरणको यही कात्तिक १६ गते हुने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७