विश्व जुनियर जुडो नेपाली टाेली खेल्न जाने
काठमाडौँ: क्रोएसियाको जाग्रेबमा हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन् । अक्टोबर १४ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टिम व्यवस्थापकमा बाबुराजा महर्जन तथा प्रशिक्षकमा दलबहादुर गुरुङ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार बिहान ११ः४५ बजे कतार एयरवेजबाट क्रोएसिया प्रस्थान गर्नेछ ।