निगम प्रमुख खड्कालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश


२२ आश्विन २०७४, आईतवार
khadka गोपाल खड्का

‘मलाई न्याय मिलेको छ’

काठमाडौं: सर्वोच्च अदालतले आयल निगमका  कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै उनलाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।

khadka गोपाल खड्का

आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। खड्काले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न  अन्तरिम आदेश माग गर्दै असोज ४ गते सर्वोच्चमा रिट दिएका थिए।
सर्वोच्चको अन्तरिम आदेशपछि आफूलाई राहत मिलेको खड्काले प्रतिक्रिया दिएका छन् । ‘मलाई न्याय मिलेको छ,’ उनले भने । पेट्रोलियम भण्डारण विस्तारका लागि असल नियतले गरेको काममा अवरोध गर्न आफूलाई बर्खास्त गरिएको उनले बताए । ‘न्यायालयले बुझेर फैसला गरेको छ,’ उनले भने, ‘यो स्वागतयोग्य छ ।’
निगमको जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७