कन्चनपुरबाट एमाले उम्मेदवार सिफारिस


२२ आश्विन २०७४, आईतवार
Tara Lama

कन्चनपुर : प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले कन्चनपुरले प्रदेश कमिटीमा उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज धनगढीमा बसिरहेको ७ नम्बर प्रदेश कमिटीको बैठकले निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीबाट आएको राय, सुझावमाथि छलफल गरेर केन्द्रीय कमिटीमा नाम सिफारिस गर्नेछ ।

Tara Lama
तारा लामा

प्रतिनीधिसभाका लागि क्षेत्र नम्बर १ बाट अध्यक्ष तारालामा तामाङ र खेम सुवेदी सिफारिस भएका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा लामा कन्चनपुर–२ बाट कांग्रेसका एनपी साउँदसँग झिनो मतले पराजित भएका थिए । क्षेत्र घटेपछि अहिले उनको क्षेत्र १ नम्बरमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभाका लागि गोविन्द कलौनी र नरबहादुर धामी तथा क्षेत्र नम्बर ३ बाट निरु पाल, लिलाध्वज बस्नेत र डा.दीपकप्रकाश भट्ट सिफारिस भएका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर ६ बाट खेम भण्डारी, राजिव खड्का र पुनम चन्द, क्षेत्र नम्बर ५ बाट कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट सिफारिस भएका छन् । त्यस्तै, क्षेत्र नम्बर ४ बाट लालबहादुर खड्का, बचनबहादुर सिंह, ३ बाट जयराज पाण्डे र मोहन रावल , २ बाट राजेन्द्र जोशी र अक्कल विष्ट, १ बाट लालबहादुर विक र स्थीरप्रसाद घिमिरे सिफारिस भएका छन् ।

Khem SUbedi
कृष्णदेव पन्त

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७