काठमाडौं -३ मा कृष्ण राई विजयी
काठमाडौँ : काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी भएका छन् ।
उनले १९ हजार १६९ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरे । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मेका हुन् ।