विजयकुमार गच्छदारलाई उछिन्दै भगवती चौधरीको अग्रता
इटहरी: सुनसरी क्षेत्र नम्बर ३ को ताजा मत परिणामअनुसार वाम गठबन्धनको तर्फबाट एमालेकी भगवती चौधरीले प्रारम्भिक अग्रता लिएकी छन् ।
भगवतीले प्रभावशाली नेता तथा हालै लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा समाहित गरी कांग्रेसबाट उमेदवारी दिएका विजयकुमार गच्छदारलाई उछिन्दै अग्रता कायम गरेकी हुन् ।
मत परिणामअनुसार गच्छदारले १ हजार १ सय ९३ मत ल्याउँदा भगवतीले १ हजार ६ सय २२ मत प्राप्त गरेकी छन् ।