प्रतिनिधिसभामा माओवादी केन्द्रको विजयी सुरुवात, पूर्वी रुकुममा कमला रोका विजयी
काठमाडाैं : रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका विजयी भएकी छिन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।
जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहेकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बनेकी हुन्। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।