दशैंमा कस्तो मासु खाने ?


११ आश्विन २०७४, बुधबार
खसीबाेका meet

काठमाडौं: दशैं सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् ।विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।खसीबाेका meet

विज्ञहरूले दशैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् । दशैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविद् हस्तबहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुँदैन ।

उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नुहुन्न । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन् । मासु उत्पादन हुने मूल स्रोत बधशाला नै अव्यावहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ । ‘मासु ओसार पसार र भण्डारण वैज्ञानिक छैन’, विज्ञ राईले भने, ‘तथापि उपभोक्ताले आफै सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७