बस त्रिशूलीमा खस्यो, ६ काे मृत्यु नौ घाइते


१३ मंसिर २०७४, बुधबार
trishuli accident arghakhnchi 5a1e45dd023f46.95454110

काठमाडौं: काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो ।trishuli accident arghakhnchi 5a1e45dd023f46.95454110

जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।  ‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ  अन्य नौ जना घाइते भएका छन् ।   १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले  भने, ‘बस पूर्णरुपमा डुबेको हुँदा  उद्धारमा समस्या भएको छ ।’ दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७