पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन


२०८३ बैशाख १ मंगलबार ०९:५६ बजे

काठमाडौँ : पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो । वीरकोटमा १८७ र सिलुवामा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

परीक्षणका क्रममा वीरकोटमा ३४ र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी पहिचान भएका छन्। तीमध्ये चार जनाको तत्काल उपचार सुरु गरिएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उक्त प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य परीक्षणबाट नदेखिने सूक्ष्म समस्या समेत पहिचान गर्न सक्छ। यसले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी छुट्याउन सहयोग पुर्‍याउने बताइएको छ।

शङ्कास्पद बिरामीलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७