आलोचनापछि प्रधानमन्त्री कार्कीको सचिवालय ६ जनामा सीमित


२०८२ मङ्सिर १० बुधबार २०:०५ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय ६ जनामा सीमित राख्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सचिवालयलाई सानो, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले यो निर्णय गरिएको उल्लेख छ।

कार्यालयका अनुसार कार्यविधिमा ६६ जनाको दरबन्दी भए पनि सचिवालयलाई पहिले नै २० जनामा सीमित गरिएको थियो। जेनजी युवाहरू तथा विभिन्न पक्षबाट निरन्तर उठेका प्रश्न र सुझावपछि सचिवालयलाई थप सानो बनाइएको उल्लेख छ ।

अब सचिवालयमा मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव १, प्रेस संयोजक १, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र अवैतनिक जनस्वास्थ्य विज्ञ १ गरी कुल ६ जना मात्र रहनेछन् । बाँकी सबै पद खारेज गरिने निर्णय आगामी मंसिर ११ गतेदेखि लागू हुनेछ । उक्त निर्णय कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवार तथा नातेदारलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७