प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ल्यान्डमार्क होटेलमा विशेष छुट


२०८२ भदौ १९ बिहीबार १५:०१ बजे

काठमाडौं : प्रभु बैंक लिमिटेड र दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ। अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ल्यान्डमार्क होटेलका विभिन्न शाखाहरूमा विशेष सेवा र छुटको लाभ लिन सक्नेछन्।

सम्झौतामा बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टतर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा लगायतका स्थानमा रहेको ल्यान्डमार्क होटेल तथा रिसोर्टका शाखाबाट ग्राहक र कर्मचारीहरूले आवास सेवामा विशेष संस्थागत छुट र खाना–पेयमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। छुट प्राप्त गर्नको लागि ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी सेवा शुल्क तिर्नुपर्नेछ।

हाल प्रभु बैंकले देशभर ३१२ शाखा, २५६ एटीएम, र ४८ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई "विश्वास लिन्छौं, विश्वास दिन्छौं" भन्ने नारासहित सेवा दिइरहेको छ।

प्रभु बैंक "फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४" अवार्डसहित, "नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई" को रूपमा युरोमनी एक्सिलेन्स अवार्ड २०२५ बाट पनि सम्मानित बैंक हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७