काठमाडौँ महानगरको छात्रवृत्तिको नतिजा सार्वजनिक


२०८२ श्रावण ४ आइतबार ११:५२ बजे

काठमाडौैं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि  भएको  प्रवेश परीक्षाका नतिजा आएको छ । 

महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न   प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिन्छ । परीक्षा  ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए । 

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरका लागि नकारात्मक अंक नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७