आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । बजारमा आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ । असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड बनाएको छ ।