चट्याङ लागेर महिलाको मृत्यु

खोटाङ । चट्याङ लागेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ । शनिबार राति साढे १० उक्त घटना भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार मिटरबक्स बन्द गर्ने क्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको हो ।