पर्वत पहिरो : बेपत्ता वृद्ध मृत भेटिए, पत्नीको खोजी जारी

पर्वत । पर्वतमा गए राति पहिरोमा परेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए ।
बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए । घर पहिरोले घर भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छन् ।